Wednesday, April 19, 2017

‘दुबई भनेर ओमान पुर्‍याए, नेपाल झिकाउन ढिलो भयो भने मलाई मालिकले मार्न सक्छ’

vijay g.m | 7:06 PM |
मोहन पौडेल/काठमाडौं, रीना श्रेष्ठ/सिन्धुपाल्चोक ।
काठमाडौं, वैशाख ५ – सिन्धुपाल्चोकको गोल्चेकी स्याङमो लामाको १८ वर्षमै बिहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका श्रीमान् पनि । बिहे त गर्नुभयो तर त्यसपछि थपिएको जिम्मेवारी पूरा गर्न दुवै जनालाई सकस पर्‍यो ।
त्यसैले साङ्मो आफैंले विदेश जाने कुरा गर्नुभयो परिवारसँग । उहाँ एजेण्टमार्फत मलेसिया जानुभयो । २०७० सालमा मलेसिया गएकी साङमोले दुई वर्षको करार अवधी सकेपछि घरमा ससुराको निधन भयो । त्यसैले उहाँ गएको असारमा घर फर्किनुभयो ।
नेपाल फर्किएर पनि व्यवहार चल्दैनथ्यो । कमाउने कुनै माध्यम थिएन । त्यसैले उहाँले फेरि विदेश नै जाने तयारीमा हुनुहुन्थ्यो । उहाँलाई जेठी सासुले जाने भए आफ्नो श्रीमानलाई पठाउने व्यक्तिलाई भनिदिने बताइन् । उहाँले पनि आफन्तले चिनिरहेको भएपछि अप्ठ्यारो नहोला भन्ने सोचेर हुन्छ भन्नुभयो ।
सिन्धुलीका बताउने ती एजेण्टले उहाँलाई दुवई पठाउने बताए । एजेण्टलाई उहाँले भेट्नुभयो तर दुवई जाने भन्ने थाहा पाएका परिवारका अरु सदस्यले एजेण्टलाई देखेनन् । उहाँले एजेण्टले भने अनुसार सबै प्रक्रिया पूरा गर्नुभयो । उहाँलाई गएको कात्तिक ८ गते एजेण्ट आफैंले उडाउन आए । उनले घरेलु काममा पठाउन लागेका रहेछन् तर साङमोलाई चाहिँ कम्पनीमा भनेको थियो । झुठो बोलेको लुकाउन एजेण्टले दुई वटा सम्झौता पत्र दियो । ‘एउटा विमानस्थलमा च्यात्न लगाएछ अनि अर्को चाहिँ उहाँ देखाउनु भनेछ त्यो पनि हामीले पछि मात्रै थाहा पायौं’ साङमोका दाइ सुब्बा लामा भन्नुुहुन्छ ।
साङमोले कात्तिक ९ गते दुवई पुगें भनेर फोन पनि गर्नुभयो । त्यतिबेला उहाँले अब दुई दिनमा काम गर्न थालेपछि फोन गर्छु भन्नुभएको थियो । दुई दिन होइन ७ दिनपछि फोन त आयो तर खबर साङमोले दुई दिन अघि भने जस्तो आएन । उहाँले आफूलाई दुवईबाट ओमान लान लागेको भन्नुभयो । ‘किन के का लागि लान लागेको हो भन्ने हामीलाई केही थाहा भएन’ साङमोका दाई सुब्बा लामा भन्नुुहुन्छ ।
त्यसको केही दिन फोन आएन । १० दिनपछि फोन गर्दा साङमोले आफूलाई साहुनीले अत्याचार गरेको भन्दै तत्काल उद्धार गर्नुभयो दाइ सुब्बासँग । ‘उसले फोन गर्दा साहुनीले मलाई कुट्छे त्यसैले छिटो यहाँबाट निकालिहाल्नु भनि’ सुब्बा भन्नुहुन्छ ।
बहिनीको यस्तो फोन आएपछि काठमाडौंमा बस्ने दाइसँगै उहाँको परिवारका सबैको होस हराए जस्तै भएको छ । बहिनीको फोन पछि उहाँले एजेण्टसँग कुरा गर्नुभयो । एजेण्टले सुरु नै देखि केही नहुने आफूले सबै कुरा मिलाउने आश्वासन दिए । तर त्यसो भन्न थालेको ६ महिना पुग्न लाग्दा पनि साङमोलाई घर फर्काउन सकिएको छैन ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner