रुकुम : रुकुमको आठबिस नगरपालिका १४ पिपलचौरबाट सोही नगरपालिकाको राडी बजारका लागि छुटेको ग १ ज २०६ नम्बरको जिप पिपलचौरबाट ठूली भेरीमा खस्दा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा चौरजहारी नगरपालिका ८ का १ बर्षीय बालक सिजन बुढा र जाजरकोट सग्लाका २४ बर्षीय कुमबहादुर वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मन बहादुर रजालीले जानकारी दिनुभयो। बाँकी एक जनाको सनाखत हुन बाँकी छ।
दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार भएको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। जिपमा सवार सबै यात्रुको विवरण आइनसकेको प्रहरीको भनाइ छ।
Friday, April 28, 2017
Browse » Home » » रुकुममा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु अन्य ११ जना घाइते पुरा समाचार
रुकुममा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु अन्य ११ जना घाइते पुरा समाचार
vijay g.m | 9:40 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment