वासिङटन (अमेरिका), ३ वैशाख । अमेरिकी सुरक्षा सल्लाहकार हबर्ट रेमन्ड (एचआर) म्याक मास्टरले उत्तर कोरियाको ‘धम्कीपूर्ण व्यवहार’ आगामी दिनमा यसरी नै अघि बढ्न नसक्ने बताउनुभएको छ ।
उत्तर कोरियाद्वारा आइतबार गरेको पछिल्लो असफल क्षेप्यास्त्र परीक्षणपछि प्रतिक्रिया जनाउँदै म्याक मास्टरले भन्नुभयो, उत्तर कोरियाको पछिल्ला क्रियाकलापका सम्बन्धमा चीनलगायत विश्व समुदाय एक किसिमको समाधान खोजिरहेको बताउँदै यस सम्बन्धमा अब अन्तर्राष्ट्रियस्तरमा सहमति बनिसकेको छ ।
अफगानिस्तानबाट अमेरिकी टेलिभिजन एबीसीसँग कुरा गर्दै उत्तर कोरियाको निकट सहयोगी मानिँदै आएको चीन पनि प्योङयाङको लगातारका हतियार परीक्षणबाट चिढिएको म्याक मास्टरले बताउनुभयो ।
अमेरिकी सुरक्षा सल्लाहका म्याक मास्टरले थप्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रष्ट रुपमा आफ्नो अडान प्रस्तुत गरिसक्नुभएको छ, अब आणविक हतियारधारी प्योङयाङले अमेरिका र यसका एसिया क्षेत्रीय सहयोगी राष्ट्रमा कुनै सुरक्षाको चेतावनी दिन सम्भव छैन ।
Wednesday, April 19, 2017
Browse » Home » » उत्तर कोरियाको ‘धम्की जारी रहदैन अमेरिकी सुरक्षा सल्लाहकार
उत्तर कोरियाको ‘धम्की जारी रहदैन अमेरिकी सुरक्षा सल्लाहकार
vijay g.m | 7:28 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment