एजेन्सी । अमेरिकाको एक पनडुब्बी दक्षिण कोरियामा पुगेको छ । उत्तर कोरियाले परमाणु बम परीक्षण गर्ने आशंकाकाबीच अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुगेको हो । मिसाइलले लैस यूएसएस मिशिगन पनडुब्बी विमानबाहक युद्धपोत कार्ल विन्सनको एक हिस्सा समेत हो ।
उत्तर कोरियाले मंगलबार आफ्नो जनमुक्ति सेनाको ८५ औं वार्षिक उत्सव मनाइरहेको छ । दक्षिण कोरियाले उत्तरले जनसेना स्थापना दिवसको अवसरमा ठूलो मात्रामा फायरिङ गरेको जनाएको छ । पछिल्ला केही सातादेखि उत्तर कोरिया र अमेरिकाबीच चलेको वाकयुद्धका कारण कोरियाली प्रायद्वीपमा तनाब बढ्दै गइरहेको छ ।
विशेषज्ञहरुले उत्तर कोरियाले अरु केही परीक्षणको योजना बनाइरहेको आशंका जनाएका छन् । किनकी यसअघिका यस्ता समारोहहरु उत्तर कोरियाले परमाणु परीक्षण या मिसाइल लन्च गरेर मनाउने गरेको थियो । यद्यपि दक्षिण कोरियाले अहिलेसम्म यस्ता कुनै घटना भएको पत्ता लागिनसकेको जनाएको छ । दक्षिण कोरियाली रक्षामन्त्रालयले भनेको छ, ‘अहिलेसम्म यस्ता कुनै घटनाबारेमा पत्ता लागेको छैन ।’
उत्तर कोरियाले वोन्सन सहरमा केही ठूलो फाइरिङ ड्रिल गरेको जनाइएको छ । दक्षिण कोरियाली सेनाले भनेको छ, ‘हाम्रो सेना उत्तर कोरियाको सैन्य गतिविधिको गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ ।’
गत १६ अप्रिलमा उत्तर कोरियाले एक असफल मिसाइल परीक्षण गरेको थियो । त्यसैलाई लक्षित गरी अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धैर्यताको परीक्षण नगर्न चेतावनी दिएका थिए ।
उत्तर कोरियाको पछिल्ला गतिविधिप्रति सुक्ष्म अध्ययन गरिरहेको अमेरिकाले बुधबार अमेरिकी सिनेटलाई उत्तर कोरियाबारेको बैठकमा सहभागी हुन आग्रह गरेको छ । उसले यो सामान्य विषय नभएको समेत उल्लेख गरेको छ । अमेरिकी पनडुब्बी युएसएस मिशिगन मंगलबार नै दक्षिण कोरियाको बुशान बन्दरगाह आईपुगेको छ । यसलाई नियमित भएको बताइएपनि तनावबीच आएको पनडुब्बीलाई आशंकापूर्वक हेरिएको छ ।
दक्षिण कोरियाली अखबार चोसुन लोबोले यो परमाणु क्षमतासहितको पनडुब्बी भएको जनाएको छ । जसमा १५४ टोमहक मिसाइल र ६० वटा स्पेशल अपरेशन टुकडी र साना पनडुब्बी समेत तैनाथ रहेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।
Wednesday, April 26, 2017
Browse » Home » » तेस्रो विस्वयुद्धको संकेत- कोरियाली प्रायदीपमा अमेरिकाको तनावलाई चुनौती दिदै उत्तर कोरियाले गर्यो ठूलो स्केलमा आर्टलरी फायर
तेस्रो विस्वयुद्धको संकेत- कोरियाली प्रायदीपमा अमेरिकाको तनावलाई चुनौती दिदै उत्तर कोरियाले गर्यो ठूलो स्केलमा आर्टलरी फायर
vijay g.m | 2:32 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment