Wednesday, April 19, 2017

अब बिदामा नेपाल आए फर्कन नपाउने शेयर गरेर सबैलाई जानकारी गराउ

vijay g.m | 7:09 PM |
काठमाडौं, वैशाख ६- खाडी मुलुकमा काम गर्न गएका घरेलु कामदार विदा मनाउन नेपाल आए जान नपाउने भएका छन्। संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले गत चैत २२ गतेदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ। श्रम स्वीकृति र भिसा लिएर उड्न ठिक्क परेका घरेलु कामदारहरु गत २२ गतेदेखि युएइ लगायतका खाडी मुलुकमा जान पाएका छैनन्। श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि त्यता जान दिइएको छैन। उनीहरुले श्रम कार्यालयले श्रम स्वीकृति नविकरण गर्ने गरेको छैन। पर्यटक भिसा लगाएकाहरुलाई भने त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले जान दिएको छैन।घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ।

घरेलु कामदार विदामा आएतापनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारबाला संघसंस्थाले बताएका छन्। यस विषयमा वैदेशिक रोजगार विभागले श्रम समितिको निर्देशनपछि घरेलु कामदार पठाउन रोक लगाएको जनाएको छ। विभागका महानिर्देशक विश्वराज पाण्डेले घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने हुदाँ विदामा आएकाहरुलाई श्रम स्वीकृति नबिकरण नदिइएको बताए।
रेलु कामदार खाडी मुलुक पठाउने प्रतिबन्ध कहिले खुल्छ त भन्ने प्रश्नमा महानिर्देशक पाण्डेले त्यो बन्द गर्नेलाई नै सोध्नुपर्ने भन्दै तर्किए।
सरकारले घरेलु कामदार पठाउन बन्द गरेपनि अवैधानिक बाटोबाट उनीहरु खाडी मुलुक पुग्ने व्यवसायीहरुले दाबी गरेका छन्। भारत, श्रीलंका, थाइल्याड लगायतका देशबाट उनीहरु ओमन तथा कुवेत पुग्ने गरेको जानकारी हामीले पाएका छौ, घरेलु कामदार सरोकार समितिका महासचिव डिबी तामाङले भने। उनका अनुसार अहिलेपनि मासिक १२ सयजति घरेलु कामदार अवैध बाटोबाट विदेश जाने गरेका छन्।
कुवेतमा ६ हजारभन्दा बढी, युएइमा २५ हजार, साउदीमा ४० हजार, जिसिसि राष्ट्रमा १ लाख ५० हजारजति घरेलु कामदार रहेको घरेलु कामदार सरोकार समितिले जनाएको छ। विदेश पुगेका अधिकांश घरेलु कामदार अवैध तरिकाबाट त्यहाँ पुगेको समितिको दाबी छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner