Sunday, April 16, 2017

१२० वर्षीया आमा भन्छिन्, जनताका मर्का बुझ्नेलाई भोट, नबुझ्नेलाई चोट

vijay g.m | 7:37 PM |
काठमाडौं । जाजरकोट भेरी नगरपालिका ६ भेरेकी एक सय २० वर्षीया भीमा वली वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर छिन्। यतिबेला उनको साथी बनेको रेडियो छ। रेडियोमा दैनिक समाचार सुन्छिन्। राजनीतिमा निकै चासो छ।

उनी भन्छिन्, ‘जनताको पीरमर्का बुझ्ने इमान्दार नेतालाई भोट दिन्छु।’ राणा शासनसमेत भोगेकी उनी प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा दंग छिन्। उनलाई पहिलेको भन्दा अहिलेको व्यवस्था निकै राम्रो लागे पनि छाडातन्त्र बढी भएकोमा चित्त बुझेको छैन। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner