धनुषा । धनुषाको क्षीरेश्वनाथ नगरपालिकामा आइतबार पोखरी खन्ने विषयमा विवाद उत्पन्न भइ दुई समूहबीच भएको झडपमा परेर छ/सातजना व्यक्ति घाइते भएका छन्।
क्षीरेश्वरनाथ–९ हथरा टोलमा जानकी गुठीको जमिनमा पोखरी खन्न लाग्दा स्थानीय र ठेकेदार समूहबीच झड़प भएको हो।
गुठीले पोखरीको लागि लगाएको ठेक्कापछि ठेकेदारले पोखरी खन्न लाग्दा उक्त जग्गा पहिलेदेखि आफूहरुले भोगचलन गर्दै आएको भनेर रोक्न खोजेपछि विवाद उत्पन्न भइ झडप भएको थियो।
झडपमा परी स्थानीय पलटविन मुखिया, पुलकित मुखिया र विकरु मुखिया घाइते भएका छन् भने ठेकेदारकातर्फबाट क्षीनपा–८ का राजेश महतो, वडा नम्बर–५ का राजु जयसवाल र वडा नम्बर–१० का तारा महतो घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस
Sunday, April 16, 2017
Browse » Home » » पोखरी खन्ने विषयमा दुई समूहबीच झडप, सात जना घाइते
पोखरी खन्ने विषयमा दुई समूहबीच झडप, सात जना घाइते
vijay g.m | 7:39 PM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment