Wednesday, April 19, 2017

आजको राशिफल – मिति २०७४ साल बैशाख ७ गते

vijay g.m | 7:12 PM |

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतीक्षित काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। महत्वपूर्ण वस्तु हातलागी हुनाले मन प्रसन्न रहनेछ। साथीभाइले फाइदा दिलाउनेछन्। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्ति प्रयोग गर्दा लाभ हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि, सेवामूलक कामले आशा जगाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्य कमजोर रहनाले योजना स्थगित हुन सक्छ। तापनि शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्न सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। केही चुनौतीसमेत सामना गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
वादविवादले पुरानो सम्झौता भंग हुने सम्भावना छ। चिताएको काम बिग्रन सक्छ। बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिएला। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। तर, अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। गुरुजनको सल्लाह र सन्तानको सहयोगले फाइदा होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहोला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, मिहिनेतसाथ रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि धन आर्जनमा कमी नहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ। तर, आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। आगन्तुकले विशेष समयमा अलमल्याउन सक्छन्। आफन्तसँग बिनाकारण मनमोटाव हुन सक्छ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। लगानीको तुलनामा कममात्र फाइदा हुने समय छ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पछिसम्म लाभ हुने काम प्रारम्भ होला। दिगो फाइदाका लागि लगानी बढाउने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि राम्रै लाभ हुनेछ। (फलितज्योतिषाचार्य उपप्रा, लक्ष्मीप्रसाद बरालले तयार पारको राशिफल नेपाली पात्रोबाट साभार)
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner