काठमण्डौ । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र होइन हरियो पात पनि निकै नै फाईदा जनक छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुण छन् ।
१) लसुनका पात खानाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ।
२) लसुनको पातमा प्रशस्त्रै आइरन तत्व पाइन्छ । रक्तअल्पता भएकाहरुले लसुनको पात नियमित खाँदा लाभदायी हुन्छ ।
३) लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।
४) लसुनका पातमा म्यांगानिज तत्वले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।
५) लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ ।
६) चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पात खानु कामयावी हुन्छ ।
त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो।
Wednesday, April 19, 2017
Browse » Home » » स्वस्थ्यका लागि लसुनको पोटी मात्र हैन हरियो पात अझै बढि गुणकारी
स्वस्थ्यका लागि लसुनको पोटी मात्र हैन हरियो पात अझै बढि गुणकारी
vijay g.m | 7:14 PM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment