कार्यक्रममा महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति भएका थिए ।
फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता मन्दिर निर्माणपछि हस्तानतरण गरिएको हो ।फाउन्डेशनका अनुसार एउटा घर बनाउन करिब ८ लाख खर्च भएको छ । स्वदेश तथा विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ ।
९५ दिन लगाएर बनाइएको एकीकृत नुमुना बस्ती निर्माणमा ६ करोड ३३ लाख खर्च भएको फाउन्डेसनका अध्यक्ष धुर्मुस ( सिताराम कट्टेल) ले बताएका छन् ।
उनका अनुसार प्राप्त सहयोगमध्ये ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । श्रोत: रातो पाटी

0 comments:
Post a Comment