Friday, April 14, 2017
Browse » Home » » अमेरिकाको यो कदमले डराए उत्तर कोरियाली नेता, शहर खाली गर्ने आदेश
अमेरिकाको यो कदमले डराए उत्तर कोरियाली नेता, शहर खाली गर्ने आदेश
vijay g.m | 8:51 PM |
प्योंगयाङ, बैशाख १ – उत्तर कोरियाली नेता अमेरिकासँग बढिरहेको तनावसँग निकै डराएको बताइएको छ । कोरियाली प्रायद्वीपमा अमेरिकाको युद्धपोत तैनाथ गरेपछि किम जोंग ऊनले त्यहाँका स्थानीयलाई राजधानी छोड्न आदेश दिएका छन् ।
स्मरण रहोस्, अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई मध्यनजर गर्दै युद्धपोत तैनाथ गरहेको हो ।
– रसियाली पत्रिका प्रावदाको रिपोर्ट अनुसार किमले ६ लाख स्थानीयलाई शहर छोड्ने आदेश दिएका छन् जुन यहाँको जनसंख्याको २५ प्रतिशत हो ।
– दक्षिण कोरियाली मिडियाको अनुसार धेरै मानिसहरुले शहर छोडिसकेका छन् ।
– ती मिडियाले शहर खाली हुनुको पछाडि उत्तर कोरिया र अमेरिकाबिच बढिरहेको तनावलाई जिम्मेवार ठहराएको छ ।
– यता उत्तर कोरियाले देशको सबैभन्दा ठूलो उत्सवका लागि सबैलाई तयार रहनका लागि आदेश दिएको बताएको छ ।
– १५ अप्रिलमा देशका फाउन्डिङ प्रसिडेन्ट किम इल संगको १ सय ५ औं जन्मदिनका लागि प्यांगयाङमा अहिले २ सयभन्दा बढि अन्तर्राष्ट्रिय पत्रकार उपस्थित छन् ।
– पछिल्लो एक महिनामा उत्तर कोरियाले दोस्रोपटक सी अफ जापानमा परमाणु हमला गरेको थियो । यस्तोमा उत्तर कोरियाको परमाणु कार्यक्रम देखेर अमेरिकाले कोरियाली प्रायद्वीपमा स्ट्राइक ग्रुप पठाएको छ ।
– यो स्ट्राइक ग्रुपमा निमित्त क्लास एयरक्राफ्ट यूएसएस कार्ल विन्सन, एक क्यारियर ब्याग, दुई मिसाइल डेस्ट्रोयर र एक गाइडेड मिसाइल क्रुजर समावेश छन् ।
– यद्यपी, अमेरिकाको यो कदमपछि किम जोंगले आफ्नो इलाकामा जहाजको तैनाथ गलत बताइको थियो र अमेरिकासँग युद्धको लागि तयार भएको बताएको थियो ।
– यता चीनले पनि युद्धको आशंका गर्दै उत्तर कोरियाली सीमामा आफ्ना डेढ लाख जवान तैनाथ गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment