Friday, April 14, 2017

पृथ्वी नारायाण शाह के साच्चै नै राष्ट्र निर्माता थिए त ? नेपालको ऐतिहासिक उपलब्ध प्रमाणहरुले के भन्छन त ?

vijay g.m | 8:37 PM |
पृथ्वीनारायाण शाहले गरेका राष्ट्र निर्माणको पहलहरु यस प्रकार छन् नेपालको ईतिहासले बोलेको सत्य, तथ्य र यथार्थ प्रमाणहरु जसले पोल्ने गर्छन झुटको खेति गर्ने प्रोपागण्डीस्टहरुलाई |

प्रमाण नं १: मित साइनोले हित गरेन, धर्म पुत्र कुपुत्र भए

भक्तपुरका राजा रंजित मल्ल, काठमाडौँ र पाटनका आफ्नै खलकहरुसंग प्रतिस्पर्धामा अन्धा भएर पृथ्वी नारायण शाहलाई समर्थन गरे | उनलाई धर्म पुत्र नै बनाए उनको बुबा नर भुपाल शाहसंग मित साईनो गासेर | पछि त्यही धर्म पुत्रले उनको भक्तपुर राज्य आक्रमण गरे, घरहरु जलाए र अन्तमा उनकै आँखा फोडेर काशीबास पठाई दिए |

मित छोराले आफ्नै मित बुवा स्वाहा | जसको जौ खायो उसैको जुँगा मोल्यो आहा | यस्तै हो | हा हा हा !!

प्रेम कैदी ज्यु मिति २०७१ पौष ६ गतेको अन्नपुर्ण पोस्टको लेख "अंग्रेजको नियत र नेपालको स्वाधीनता" मा लेख्नु हुन्छ,

"रणजित मल्लले काजी परशुराम थापामार्फत मीत छोरा पृथ्वीनारायण शाहलाई आफ्ना मीत एवं बनारस नरेश बलबन्धन सिंहको दरबारसँग वैवाहिक सम्बन्ध गराई त्यताबाट प्राप्त राजनीतिक, आर्थिक र रणनीतिक सहयोगको बलमा हिमवत्खण्डका लगभग २६० राज्यलाई पुनर्एकीकरण गर्ने मौका दिलाएका थिए।"

प्रमाण नं २: नेवार समुदयको नाक कान स्वाहा पारेको

किर्तिपुरमा ३ पटक युद्ध हारेको आक्रोश र प्रतिसोधको भावनले ग्रसित पृथ्वी नारायण शाहले किर्तिपुरका नेवार समुदायको नाक कान काटेको सत्य घटनालाई सबै ईतिहासकारले स्वीकारेकाछन् । ईतिहासकारहरु बीचको विवाद कति धार्नी नाक कान काटेको हो भन्नेमा मात्र छ कसैले १० कसैले १२ र कसैलै १७ धार्नीको दावी गरेकाछन् तर १० धार्नी भन्दा कम कसैले दावी गरेका छैनन् ।

"विशेष कीर्तिपुरेहरूको नाक ओंठ काटिएको ऐतिहासिकतालाई गलत अर्थ दिने वा लुकाउने चेष्ठा गरिंदै छ ।यसै घटनाका भुक्तभोगि नेवार जातिलाई यस्तो धृष्टता कत्ति पच्दैन। उल्टो च्वास्स बिज्छ । घाउ बल्झन्छ ।"- डा. कविताराम श्रेष्ठ

प्रमाण नं ३: आफ्नै सहयोगी र समर्थकहरुलाई स्वाहा पारेको

ललितपुरमा ५ प्रधान नेवार मन्त्रीहरुले पृथ्वी नारायण शाहालाई राज स्वीकार गरे पछि कान्तिपुर (हालको काठमाडौ) बाट घर फर्कन्द बाटोमा मारेर उनीहरुको सबै सम्पत्ति सर्वश्वहरण गरेको थियो ।

प्रमाण नं ४: विदेशी शासक र व्यापारीको सहयोगमा अरु राज्यमाथी आक्रमण

हिन्दुस्तान राज्य गर्ने ईष्ट इण्डिया कम्पनीबाट ल्याएको १२०० सैनिकको सहयोगमा किर्तिपुरमा प्रथम पटक हमला गरेको र सन १९७१ मा ईटालीको शासक र यूरोपियन व्यापरीहरुले ल्याई दिएको हतियारको प्रयोग गरेर किर्तिपुर सहित अन्य राज्य माथी अक्रमण गरेर कब्जा गरेको थियो ।

प्रमाण नं ५: पुरातात्वीक १ हजार ग्रन्थहरु जलाए

भक्तपुरमा हातले लेखेका १ हजार तन्त्रशास्त्र, रसयानशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शव्दविद्या ग्रन्थ जलाएर नष्ट पारेको थियो ।

प्रमाण नं ६: किरात र बुद्ध भुमि नेपाललाई मनुबादी राज्य बनाए

ललितपुरमा १२ क्रिष्टीयनलाई देश निकाल गरेर र बौद्ध मार्गीहरु माथी धार्मिक दमन र बौद्ध धर्मका ग्रन्थहरु मुर्तीहरु नष्ट गरेको थियो । पशुपति भित्र भएका बुद्धका मुर्तीहरु ग्रन्थहरु झिकेर वागमती नदीमा फालेका थिए । पृथ्वीनारायण शाहले नै नेपाललाई राष्ट्रियस्तरबाटै मनुबादीकरण गरेको थियो । खसान राज्य जुन बौद्ध मार्गी राजाहरुका थिए उनीहरुलाई जबरजस्ती मनुबादी बनाएको जुन प्रो. डोर बहादुर विष्टले प्रष्ट पार्नु भएको छ आफ्नो अध्धयन अनुसन्धानबाट |

प्रमाण नं ७: भक्तपुरमा सिङ्ग्रै गाउँ जलाए

भक्तपुर गौकोट हमला गर्दा त्यहाँको गाउँलेहरुको सशक्त प्रतिकारमा पृथ्वी नारायण शाहको ३३२ सेनारको मृत्यु भएको आक्रोशमा युद्ध जिते पछि सिङ्गै गौकोट गाउँ नै आँगो लगाएर जलाएका थियो ।

प्रमाण नं ८: एकीकराण लागि होईन आर्थिक लाभको लागि अक्रमण

वाईसे चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाको राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्धिशाली राज्यबाट आर्थिक लाभ लिन अरु राज्यहरु कब्जा गरेको थियो । पृथ्वी नारायण शाहको दिव्य उपदेशमा एकीकरण गर्नु पर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।




प्रमाण नं ९: नेपाल भनेको काहाँ पर्छ पृथ्वीनारायण शाहलाई थाहा थिएन

मकवानपुरमा ससुरालमा साढुदाई दिगबन्ध सेनसंग विवाद भए पछि घर फर्कने क्रममा पर्वत पुगेका थिए । पवर्तमा पृथ्वीनारायण शाहले आफुसंग आएको भानु जैसी र कुलानन्द जैसीलाई नेपाल भनेको काहाँ पर्छ भनेर सोधे पछि उनीहरुले भादगाउले (भक्तपुर), ललितपुर र कान्तिपुर (काठमाडौ) लाई देखाए नेपाल चिनाएका थिए ।

प्रमाण नं १०: अति मनुबादी जैसी ब्राह्मण, मामा र सीमरक्षकको सल्लहा पछि काठमडौ उपत्यकमा आक्रमण

काठमाडौ उपत्यकाको कला कौशाल भरिपुर, दरवार, ठूला ठूला घर, मन्दीर भौतिक विकासको रुपमा पानीको ईनार, कुवा, बाटो र सडक साथै तिब्बतसगको व्यापर र आर्थिक समृद्धि कब्जा गर्ने पृथ्वीनारायण शाहको गिध्दे ईच्छालाई भानु र कुलानन्द पाण्डे भन्ने अति मनुबादी जैसी ब्राह्मण, आफ्नै मामा र सीमरक्षकहरुले प्रोत्साहित गरे पछि पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका आक्रमण गरेको थियो ।

प्रमाण नं ११ : मगर प्रमुखको छाला काढेर यातना दिए

नुवाकोट जितेपछि वेलकोट अक्रमण गर्दा पृथ्वीनारायण शाहको धेरै सेनाको मृत्यु भए पछि युद्धा छाडेर फर्केका थिए । तर पछि कालु पाँडेको सहयोगमा युद्ध जिते पछि वेलकोटका प्रमुख जयन्त रानालाई समातेर छाला काढेर यातना दिएको थियो ।
"म हालै नुवाकोट गएको थिएँ । त्रिशुली किनारमा पृथ्वीनारायण शाहको सालिक रहेछ । त्यो स्थानमा पृथ्वीनारायण शाहका विरोधी जयन्त राना मगरका छोरा श‌खमणि रानालाई पृथ्वीनारायण शाहका सेनाहरुले छाला काढेर, नुनचुक दलेर हत्या गरेका थिए । पछि पृथ्वीनारायण शाहको पनि नुवाकोटमै मृत्यु भयो । तर, उनको स्वाभाविक मृत्यु नभएर जयन्तका सन्तानहरुले छापामार शैलीमा आक्रमण गरेर हत्या गरेका थिए । इतिहासको यो सन्दर्भ बिर्सनलायक घटना होइन ।"- एमाओवादी स्थायी समिति सदस्य (श्रोत: पृथ्वीनारायण शाहः ४९ प्रतिशत सही, ५१ प्रतिशत गलत

 प्रमाण नं १२: आदिवासी जनजाति चेलीहरुको विभत्स हत्या

आदिवासी जनजातिका १४/१५ वर्ष उमेरका चेलीहरुलाई यौन पिपाशु राजामहाराजा, मन्त्री तथा सेना यौन तृप्तिका साधान बनाएर र गर्भवती सबैलाई विभत्स हत्या गरेका थिए ।

प्रमाण नं १३: आफ्नै जेठानलाई स्वाहा पारे


स्याउ स्याउ श्रीमती भएको मध्ये आफ्नो मकवानपुरको श्रीमतीको दाईको हत्या गरेको भन्ने पनि प्रष्ट उनकै दिब्य उपदेशबाट उपदेश लिन पाइन्छ मज्जाले |

प्रा.डा. गोपाल शिवाकोटी लेख्नु हुन्छ:

"पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।
उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।"
अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारी अन्धा भक्त अति मनुबादी अति मनुबदी जातिवादी लैंगिकबादी पुरुषत्वबादी हाबी भएका स्वघोषित विद्वान बुद्धिजीवी दास मानसिकताबाट ग्रसित पुरातनबादीहरुले कुरा बुझ्दैन भनेको हो रहेछ भन्ने कुरा यो प्रा.डा. गोपाल शिवाकोटी को लेखबाट पनि प्रष्ट हुन्छ | त्यसैले उनिहरु भेडा झैँ बा बा कराउने गर्छन आवेग आएर विना प्रमाण |

प्रा.डा. गोपाल शिवाकोटी लेख्नु हुन्छ राजधानी पत्रिकामा शिर्षकमा "पृथ्वी नारायण शाहलाई राष्ट्रिय निर्माता मान्नु पाखण्डीपन" :

"पृथ्वीनारायण शाहलाई जुन किसिमले प्रस्तुत गरिएको छ, वुद्धिमान, दुरदर्शी भएको भनि देखाउने प्रयास भएको छ ती सम्पुर्ण मिथ्यामात्र हुन् । पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।
उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।
पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।
यसैले किराँत, मधेस, कर्णाली लगायतका सबै क्षेत्रहरु र अझै उपत्यकासमेत आफुलाई पृथ्वीनारायण शाहका सन्तानले उपनिवेश बनाएको भनी ठान्दैछन् भने यसलाई कसरी एकिकरण भन्न सकिन्छ ? एकिकरण भनेको त अमेरीकामा जर्ज वासिङ्टनले १३ वटा राज्यलाई संयुक्त बनाउदा गरेको सम्झौतालाई लिन सकिन्छ । उनले ति राज्यहरुलाई समान हक दिएका थिए भने विस्मार्कले पनि विभाजित जर्मनलाई एक ठाउँमा ल्याउने काम गरेका थिए । एकिकरण समान इच्छा भएकाहरुलाई एक ठाउँमा ल्याई जित–जितको रुपमा राज्य स्थापित गर्ने कार्य हो । यो बन्दुक र शक्तिका भरमा अरुमाथि अभिपत्य स्थापित गर्ने विषय होइन ।
यी सबै पहिचानलाई जर्वजस्ती केन्द्रिकृत गर्नका लागी ४ वर्ण ३६ जातको फुलबारी भन्नेजस्ता पाखण्डपुर्ण शब्दहरुको आवरणमा राष्ट्रिय पहिचानलाई नै थिच्ने र दबाउने काम भएको थियो । नेपालको राष्ट्र निर्माण जुन भनिन्छ यो राष्ट्रनिर्माण नभएर खुकुरीको बलमा अन्य राष्ट्रमाथि गरिएको दमनबाट बलात् एक ठाउँमा विलय गर्ने प्रयास मात्र थियो । यसको अन्तिम प्रयास महेन्द्र शाहले एक भाषा एक भेष, एक संस्कृतिको रुपमा ल्याउने अन्तिम प्रयास गरेका थिए । अहिले भएको पहिचानको संघर्ष यही गोर्खाली साम्राज्यवाद र विस्तारवादको प्रतिक्रियाको रुपमा बाहिर आएको हो |
अहिलेको संघियता र पहिचान जातीय पहिचानको आन्दोलन वास्तवमा शाही साम्राज्यवादले खडा गरेको उपनिवेशिक स्थितिको विरुद्धको विद्रोह हो, यो राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय मुक्ति, जातीय मुक्तिको अभियान हो । उनले लमजुङ्गलाई झुक्याउने र तनहुँ बोनसको रुपमा लमजुङ्गलाई दिने आश्वासन दिएर साम्राज्य खडा गरेका थिए । यो लमजुङ्गका राजासँग गरेको सम्झौताले समेत उनको अभियान एकिकरणको अभियान नभई विस्तारवादी अभियान थियो भन्ने कुरा पुष्टी हुन्छ । उपत्यकामाथिको विजय पनि उनले छलछामपूर्ण तरिकाबाट गरेको देखिन्छ ।
किर्तिपुरको युद्धमा कालु पाण्डेको सैनिकहरुमा बढ्दै गएको प्रभाव र काठमाडौ जिते लमजुङ्गलाई तनहुँ दिनुपर्ने सम्झौता कार्यान्वयन नगराउनका लागी उनले नै कालुपाण्डेको युद्धमा हत्या गराएका थिए भनिन्छ । उनको युद्धमा देब्रे आखाँमा तीर लागेर फुटेपछि आफ्नो राज्यमाथि खतरा देखी भाइहरुलाई देश निकाला गर्ने, कालु पाण्डेको हत्या गर्नेजस्ता कार्य गराएका थिए । साथै किर्तिपुर विजय गराएपछि त्यहाँका जनतालाई आतंकित पार्नका लागी आफ्नो अधिनस्त स्वीकार गरिसकेका जनताको नाक र कान काटेकाले उनि कति क्रुर र नृस्रंस थिए भन्ने कुरा प्रमाणित गरेका थिए ।
यस्तै कान्तिपुर जित्न जयप्रकाशका भाई भतिजा र रानीहरुलाई पछि शासनमा सहभागी बनाउने भनि जयप्रकाश विरुद्ध लगाएकाहरुले कान्तिपुर विजयको एक वर्षजति पछि आफ्नो शासनमा भागिदारी माग्न थालेपछि यी सबै भाइभारदार तथा रानीहरुलाई हनुमान ढोका दरबारको एक बैठक कोठामा राखेर बाहिरबाट ताल्चा लगाई आगो लगाई सबैको एक चिहान पारेकाले पनि उनी कतिसम्म क्रुर थिए भन्ने वुझन सकिन्छ । उनले भक्तपुरका राजा आफ्नै मित बाबुलाईसमेत छोडेका थिएनन् ।

काठमाडौंलाई विजय गर्न १२ वर्षसम्म घेराबन्दी गर्नेजस्ता कार्यले जनतालाई सकसमा पारेर उपत्यका विजय गर्नुलाई यदि कसैले एकिकरण देख्छ भने त्यस्ता व्यक्तिहरुको विवेकलाई के भन्न सकिन्छ र ? पृथ्वीनारायणलाई महान बनाउन दिव्योपदेशका परराष्ट्र नीति, आर्थिक नीतिहरुको उल्लेख गर्ने गरिन्छ तर यो दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भिमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्धारा लेखाइएको दिव्योपदेशको संस्करणमात्र हो । पृथ्वीनारायणले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको उत्तरतर्फको बादशाह र दक्षिणतर्फको बादशाहको बारेमा उल्लेख भएको छ ।

पृथ्वीनारायण शाहले यो उपदेश सन् १७७५ भन्दा ३० वर्षपछि सम्म नेपालले राज्य विस्तार गर्दै रहेको थियो भने १८१४ मा मात्र बेलायती साम्राज्यको उपस्थिति यस क्षेत्रमा भएको अवस्था थियो । यस्तो अवस्थामा कसरी उनले आफुलाई तरुल भन्छन् अनि दुईटा ढुङ्गाबीचको तरुल भन्ने कल्पना गर्छन र उनको सन्तानले ४० वर्षसम्म राज्य विस्तार गर्दै रहन्छन् यसतर्फ विचार गर्नु जरुरी छ । यो उत्तर र दक्षिणतर्फको समद्रीय सिद्धान्त पृथ्वीनारायणको नभएर भीमसेन थापाका सल्लाहकार केयरसिंह बस्नेतको तत्कालिन परिवेशको सन्दर्भमा प्रतिपादित सिद्धान्त हो । यस्तै रणनीतिमा झिकिकटक गर्नु जाईकटक नगर्नु भन्ने कुरा पनि पृथ्वीनारायणको कुरा होइन । साम्राज्य विस्तार गर्दा जाईकटक नै गर्नुपर्दछ । झिकिकटक त आफ्नो प्रतिरक्षात्मक युद्ध नीति हो ।

यो अंग्रेससँगको युद्धको लागी प्रतिरक्षात्मक युद्धको नीतिलाई पृथ्वीनारायणको टाउकोमा पगरी बाँधि देवत्व देखाउन खोजिएको छ । पृथ्वीनारायणले त बुद्धिनारायण राईविरुद्ध अंग्रेजसँग पूर्णियामा सम्झौता गरेका थिए । सिन्धुलीमा आएका अंग्रेज सेनालाई हराएका थिए । पृथ्वीनारायण शाह युद्धमा सबै खालका षड्यन्त्र गरि विजय प्राप्त गर्ने गर्दथे । यसैले यसलाई एकिकरणको रुप दिनु पृथ्वीनारायण शाहले उपनिवेश बनाएका जाती, जनजाती क्षेत्रमाथिको अन्यायलाई औचित्यसिद्ध गर्न खोज्नुमात्र हो । अहिले यो अभियान खास गरि पहिचानसहितको संघियता विरोधिहरु र मुलुकमा शाहवंशका ताबेदारी गरी फाइदा लिनेहरुको हो ।

अहिलेसम्म लेखिएको इतिहास पनि दरबारले लेखाएको हो र यी माथि उल्लेख गरेका कुराहरु केहि इतिहासमा देखिएका झलकमात्र हुन् । यसैले नेपालको इतिहास लेखिएमा शाहवंश के र कस्तो थियो भन्ने कुरा जान्न सकिने हुदाँ यस अवसरमा नेपालको इतिहासको पुनर्लेखन गर्नु, पुनः अनुशिलन गर्नुपर्दछ । केहि व्यक्तिले संवेदनशिल राष्ट्रियताको भावनालाई ब्ल्याकमेलिङ्ग गरि शाहवंशलाई पुनः देवत्व प्रदान गर्न र उनिहरुका जनताविरुद्धका अविवेकपुर्ण क्रुरतालाई ढाकछोप गर्ने जुन प्रयास गरिदैछ ।

यो गम्भिर विषय भएकोप्रति सचेत हुनुपर्दछ । केहि व्यक्तिले पृथ्वीनारायण नभएको भए नेपाल नै हुँदैनथ्योजस्ता तर्कसमेत अघि सारी नेपालको अस्तित्वसँग शाहवंशलाई जोड्नेजस्ता कार्य पनि गदै आईहरेका छन्, तर उनी नभएको भए कुनै अर्काे नारायणले यदि मुलुकको आवश्यकता भए एकिकरण पनि गर्दथ्यो र त्यो एकिकरणले नेपालको स्वरुप समेत फरक हुन सक्थ्यो । यो अहिलेको नेपाल भन्दा पनि समृद्ध र जनमैत्रि नेपाल बन्न सक्थ्यो भनि किन विर्सने ? राष्ट्रनिर्माता व्यक्ति नभएर जनता हुन् । व्यक्तिले पनि यसलाई उत्प्रेरित र नेतृत्व गर्दछ ।

एउटा अविवेकी क्रुर षड्यन्त्रकारी, युद्धपिपाशु, सम्पत्ति र सोखका लागी जे पनि गर्न चाहने व्यक्तिबाट उसै अनुकुलको राज्य बन्न सक्छ र बन्यो पनि । त्यसबाट मुक्ति पाउन दुई सय वर्षभन्दा बढी नेपालीले संघर्ष गर्नु परेको र विश्वकै अत्यन्त समृद्ध मुलुक कंगाल पनि यसै वंशको कारणले बन्न पुगेको कुरा पनि विर्सनु हुदैन ।" स्रोत: राजेन्द्र श्रेष्ठको बल्कमा पनि पदन सकिन्छ

मानवआधिकारकर्मी पद्मरत्न तुलाधर भन्नु हुन्छ,

“पृथ्वीनारायण शाह युद्धअपराधी हुन् । संसारभरिको युद्ध नियमअनुसार रात परेपछि युद्धविराम हुन्छ, उत्सव मान्दै गर्दा हमला गर्न पाइन्न । तर, पृथ्वीनारायण शाहले नेवारहरूले सांस्कृतिक पर्व इन्द्रजात्रा मानिरहेको दाउ छोपेर हमला गरे । उनले विरोधीहरूको छाला काडेर निर्ममतापूर्वक हत्या गरे । नेवारहरूको धार्नीको धार्नी नाक–कान काटे ।” अध्यक्ष तुलाधरले भने, “यो खालको राष्ट्रिय एकता हामी मान्दैनौं ।

यो हाम्रो लागि राष्ट्रिय दुःखान्तको दिन हो । पृथ्वीनारायण शाहले एकीकरण गरेको भए हामी सबै एक हुने थियौं, हामी सबैको भाषा–संस्कृतिको विकास हुने थियो ।"

यी उपलब्ध प्रमाणहरुले त पुष्टि गर्छन पृथ्वी नारायण शाह त माओबादीको होनहार नेता ज्युहरु, प्रचण्ड र डा. बाबुराम भट्टराई भन्दा पनि खतरा नेपालको पूर्व हत्यारा ज्यानमारा भ्रष्ट मन मस्तिष्क भएका लोभी पापी शासक थिए भनेर जसलाई नेपाली जनताले सिहदरवार अगाडी खडा गरि चिनाउने गर्छन र उनको मुर्ति टेक्न र उभिन २ फिट चौडा १० फिट उच्चाइको जमिन दिएकोछ राष्ट्र निर्माण गरेको पहिचान भन्दै झुटको खेति गरेका छन् हाम्रा मति भ्रष्ट शासकहरुले | जसको निम्ति अतिनै मनुबादी जातिवादी संगठित धर्मको अन्धा भक्त राजतन्त्रबादी भरौटेहरु नेपालको होनहार विद्वान बुद्धिजीवी महानुभाव नेता ज्युहरु: कमल थापा, मोदनाथ प्रक्षित, सुरेन्द्र केसी, रमेश ढुंगेल, भरत बस्नेत, गोपाल किराती, पेशल निरौला, चित्रबहादुर केसी र नारायणमान बिजुक्छेले पुज्ने गर्छन र भ्रम फैलाउने गर्छन राष्ट्रिय एकता दिवस मनाउनु पर्छ पुष ७ गते भन्दै नेपालको पूर्व हत्यारा शासकको जसले मानवता स्वाहा पारे आफ्नो भौगोलिक रुपमा राज्य मात्र विस्तार गर्न गरेको पहलको निम्ति |
हत्यार ज्यानमाराहरुलाई सहयोग गर्ने पक्ष लिनेहरु हत्यार जनमारा अपराधिक मानसिकताको हुन्छ भनेर मनोवैज्ञानिकहरुले पुष्टि गरेका छन् |
पुज्ने नै हो भने बरु पुज्नु रानी राजेन्द्र लक्ष्मी देबी शाहको जसले लडे डटेर अंग्रेजको विरोद्धामा | पी.एन. शाहले त नुवाकोट विजय गरेका थिए सन् १७४४ मा ईष्ट इण्डिया कम्पनीको सहयोगमा उनको गोर्खा सैनिकहरु पटक पटक हारेका थिए त्यो भन्दा अघि भन्ने पुष्टि गरेका छन् नेपालको इतिहासले |
मुख्य कुरा नियत बुझ्नु पर्छ, पी.एन. शाहको नियत हालको नेपाल भुमि बनाउनुको नियत भनेको नेपाली नागरिकहरुलाई एकता गर्नु थिएन | आफ्नो राज्य विशाल बनाउनु थियो भन्ने प्रष्ट हुन्छ यदि उनले गरेको गतिविधि र अशोक राजाले गरेको विजय र तत्पश्च्यत गरेका गतिविधिहरु तुलनात्मक रुपमा विना पूर्वाग्रही मुल्यांकन गर्ने हो भने पुष्टि गर्छ |
सत्य, तथ्य र वास्तविकतामा आधारित प्रमाणहरु आफै बोल्छन | कसैले बक बक गरेर हुनेवाला केहि छैन जब भ्रमलाई प्रमाणले स्वाहा पार्दै जान्छ मानवताको लागि |
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner