Friday, April 14, 2017
Browse » Home » » धन कमाउन गएका महेश एचआइभी लिएर फर्किएपछि
धन कमाउन गएका महेश एचआइभी लिएर फर्किएपछि
vijay g.m | 8:32 PM |
डिबी विष्ट/उज्यालो
बझाङ, बैखाश १ – २०४७ सालमा एसएलसी पास हुँदा कोटदेबल–५ बझाङका महेश खड्काको भुँइमा खुट्टा थिएन । उच्च शिक्षा हासिल गर्ने अभिलाषाको अगाडि गरिबी बाधक बनेर खडा भएपछि उहाँले रोजागरीका लागि भारत रोज्नुपर्ने बाध्यता तेर्सियो । भरभराउदो उमेरका २५ वर्षे उहाँले होटलमा भाँडा माझ्ने, गाडी सफा गर्ने, चौकीदारी गर्ने र भारतमा ढुंगा उचालेरै केही वर्ष बिताउनुभयो ।
प्रगती गर्न सक्ने उमेर अरुको देशमा पसिना बगाएर बिताएको मात्र होइन, एचआइभीको संक्रमण पनि लिएर उहाँ नेपाल फर्किनुभयो । महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा सञ्चालित तीन महिने सिलाई कटाई तालिम लिएपछि खड्का अहिले कपडा सिलाएर जीविकोपार्जन गरिरहनुभएको छ ।
म यसरी भए एचआइभी संक्रमित
एसएलसी पास गरेपछि जिल्लामै केही रोजगार पाइन्छ कि भनेर केही प्रयास पनि गरें । त्यत्तिबेला धेरै पढे लेखेका मानिसहरु पनि थिएनन् । तर मैले केही रोजगार पाईंन । कामका लागि भारत जाने बिगतकै परिपाटीलाई मैले पनि अँगालें ।
भारतमा काम गरेको केही रकम घरमा पठाउने गर्थे । २५ बर्षसम्म त नेपालमा भन्दा बढी भारतमै बसें । त्यहाँ बस्दा साथीहरुको लहलहैमा यौनकर्मीहरुको सम्र्पकमा पुगें । कामको थकान साथीको संगत आदी कारणले मैले त्यही बेला रक्सी पिउन पनि सिकें । जाँदिन भन्दा पनि पटक पटक म यौनकर्मीहरु भएको ठाउँमा जान थालेँ ।
घरमा नगएको लामो समय भैसकेको थियो । भारतमै हुँदा शारीरिक रुपमा एकदम कमजोर भएको महसुस भयो । टाउको निक्कै दुखेपछि चेकअप गराउन भारतको एउटा अस्पतालमा गएँ । त्यहाँ रगत परीक्षण गर्दा एचआइभी भएको डाक्टरले पुष्टि गर्यो । मलाई सुरुमा संसार आएर थिचेजस्तो महसुस भयो । तर बिस्तारै सम्हालिदै गएँ । घर फर्किन पनि मन लागेन । तर श्रीमती र छोरीहरुले पटक पटक खबर पठाएपछि म घरमा आएँ ।
घर फर्किएपछि
घरमा फर्केको १०/१५ दिनपछि खड्काले आफ्नो बारेमा श्रीमतीलाई सबै कुरा सुनाउनुभयो । बिस्तारै गाउँलेलाई पनि थाहा भयो । तर गाउँमा बस्न सक्ने अवस्था रहेन । सबैले खड्काको कुरा काट्न थालेका थिए । आफ्ना कारण घरका परिवारले पनि दुव्र्यहार भोग्नुपरेको भन्दै खड्का पुन भारत फर्कनुभयो ।
पछि घरपरिवारले र समाजले पनि बोलाएपछि उहाँ गाउँ फर्कनुभयो । उहाँ अहिले सिलाई व्यवसाय थालेर जिविकोपार्जन गर्दै आउनुभएको छ । उमेर छहुन्जेल भारतमै बिताउनुभएका खड्काले सिलाई पेसाबाटै दुई छोरी, श्रीमती र आमाको लालनपालन गर्दै आउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment