Thursday, April 20, 2017
Browse » Home » » चैत ९ गतेदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, अनलाइन फारम कसरी भर्ने ?
चैत ९ गतेदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, अनलाइन फारम कसरी भर्ने ?
vijay g.m | 8:18 PM |
६, काठमाडौं । आउँदो चैत ९ गते अर्थात यही बुधबारदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ । अरु बेलामा दिनरातदेखि नै लामो लाइनमा बसेर फारम बुझाउनु पर्ने झंजत यो बर्ष भने छैन किनकी तपाइले आफुले चाहेको स्थानबाटै अनलाइन फारम भर्न सक्नुहुन्छ । नेपालीहरुको लागि भाषा परिक्षा पास गरि रोजगारीका लागि आकर्षक र भरपर्दो गन्तव्य मानिने देश कोरियामा धेरै आवेदनहरु पर्ने गरेको छ । गतवर्ष झण्डै ६० हजारले खचाखच लाइनमा बसेर कोरियन भाषाको परीक्षा आवेदन फारम भरेका थिए तर यो पटक भने माग पनि पहिलेको तुलनामा तेब्बर बढेको छ भने अनलाइनबाट फारम भर्ने सुबिधा उपलब्ध गराईएको छ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेपनि अनलाइनबाट कसरी फारम भर्ने भन्ने अन्यौलता हुनसक्ने हुँदा आज हामीले तपाईलाई कसरी फारम भर्ने भन्ने बारे केहि महत्वपूर्ण जानकारी दिने प्रयास गरेका छौं । अनलाइनबाट फारम भर्नको लागिओ फारम शुल्क बापतको रकम ग्लोबल आईएमई बैंका तोकिएका शाखामा फारम भर्नु अघि नै बुझाउनु पर्ने हुन्छ । बैंकबाट रकम जम्मा गरेको कोड पाउनुहुन्छ र त्यहि कोड र एमआरपी पासपोर्टको नम्बरलाई तपाइले अनलाइन फारम भर्दा प्रयोग गरि अनलाइन फारम सब्मिट गर्न सक्नुहुन्छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment