Wednesday, April 19, 2017

मृगौलामा भएका ढुंगा-बालुवालाई घरेलु प्रविधिबाट पगाल्न सकिने अचुक उपचार

vijay g.m | 7:20 PM |


मानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सवैको हुन्छ ।

अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं ।

उपचारका लागि चांहिने सरदामहरु:

१। एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नु होस् ।

२। २५० एम एल जैतुनको तेल (olive oil) लिनु हासे् ।

३। २५० ग्राम कागति लिनु होस्। तपाँइले चाहेमा कागतिको बोक्रा समेत प्रयोग गर्न सक्नु हुन्छ ।

४। २५० ग्राम अजमोदको जरा(parsley root)को व्यवस्था गर्नु होस् ।

५। २५० ग्राम मह लिनु होस् ।

ओखति तयार पार्ने विधि:

कागतिलाई सफा पानीले पखाल्नु होस् । अव कागतिलाई साना साना चिरा पार्नुहोस् र राम्रो सँग मिसाउनु होस् । अजमोदको जरालाई पखाल्नु होस् । यो जरालाई साना साना टुक्रामा काट्नु होस् । अव मह, जैतुनको तेल, फिरफिरे फलको सिरप, कागतिको चिरा र अजमोदको जराको टुक्रालाई एकै ठाउँमा मिसाउनु होस् । अव यो मीश्रणलाई केही बेर सफा चम्चाले चलाउनु होस् । सरदामहरुको मीश्रण तथा ओखती तयार भयो ।
तयार पारिएको ओखतीलाई एउटा सफा काँचको बोतलमा खन्याउनु होस् र उक्त बोतललाई फ्रीज भित्र राख्नु होस् । फ्रीजमा राख्नुको कारण के हो भने मीश्रण नबरियोस भनेर ।

ओखति सेवन गर्ने विधि:

प्रत्येक बिहान खाना खानु अघि र साँझमा सुत्नु अघि एक चिया चम्चा ओखती खेवन गर्नुहोस् । मृगौला अथवा पित्त थैलीमा जम्मा भएका ढुंगाहरु वा बालुवा सफागर्न दिनको दुई पटक प्रत्येक दिन ओखती सेवन गर्नुहोस् । तर, याद गर्नुहोस् ओखती एकै पटक तयार पार्न भने हँदैन । बरु थोरै थोरै गरि दिन बिराएर तयार पार्नु होस् । एकै पटक धेरै ओखती तयार पार्दा यसमा हुनु पर्ने गुण मासिएर जाने संभावना धेरै हुन्छ ।
तपाईले तयार पारेको ओखतीको स्वाद मीठो छ । यो ओखतीले तपाईंको शरीरमा भएका अन्य रोग बेथाहरु जस्तै इनफेकसनहरु र किटाणुले गर्ने आक्रमणहरु पनि सजिलै संचो पार्छ ।

ओखति सेवनकर्ताले याद राख्नुपर्ने कुरा :
ओखती सेवन गर्ने समय सिमा अवधिभर प्रशस्त पानी वा फलफुलको रस र झोल पदाथ सेवन गर्न नभुल्नु होला ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner