Saturday, April 15, 2017

चट्याङ लागेर दुई महिलाको मृत्यु

vijay g.m | 9:37 AM |
धनकुटा । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्र्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१२ वैशाख, रूकुम । रूकुमको गोतामकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अन्य २ महिला घाइते भएका छन् ।
वडा नं ५ का प्रजित भण्डारीको घरमा गएराति परेको चट्याङ लागेर २४ वर्षीया रूपी भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । चट्याङले लागेर सोही ठाऊँमा ३२ वर्षकी रूपी भण्डारी, ३१ वर्षीया चन्द्रकला भण्डारी घाइते भएका छन् ।
घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । चट्याङबाट ढुङ्गाले छाएको घरमा घर पूर्ण रूपमा क्षति भएको स्थानीय घनश्याम भण्डारीले जानकारी दिए । चट्याङले लागेर एउटा गोरू मरेको छ भने एउटा भैसी घाइते भएको छ
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner