जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव आज आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिए।
प्रहरीले शव भेटेलगत्तै बालकका बुबा देवनारायण र सौतेनी आमा रीनादेवीलाई नियन्त्रणमा लिएको छ । बालकको हत्या गरेको आशङ्का प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । छोरा हराएको भन्दै सौतेनी आमा रीनादेवीले बिहीबार वडा प्रहरी कार्यालय मुजेलियामा निवेदन दिएकी थिइन् । खोजतलासको क्रममा बालकको शव शौचालयको ट्याङ्कीमा फेला परेको हो । रासस

0 comments:
Post a Comment