Tuesday, April 11, 2017

कलाकार दीपक क्षेत्रीको सहयोगार्थ सहयोग संकलन सुरु

vijay g.m | 10:27 PM |
चैत्र ३०, २०७३- कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ ।

यहाँ रहेको अन्तर्राष्ट्रिय कलाकार समाज अष्ट्रेलिया (इनास) ले शुरु गरिएको अभियानमा अहिलेसम्म १ लाख १० हजार रकम संकलन भइसकेको इनासका महासचिव मिलन दहालले जानकारी दिए । देशको गहनाका रुपमा रहेका कलाकार बिरामी हुँदा विदेशबाट आफुहरु सामुहिक रुपमा केही सहयोग गर्न सकियोस भनेर सहयोग संकलन शुरु गरिएको दहालले बताए । इनासले अष्ट्रेलियामा नेपाली कलाकारहरुलाई बोलाएर बिभिन्न कार्यक्रमहरु गर्ने र आवश्यक्ता अनुसार सहयोग समेत पुरयाउदै आएको छ ।

संस्थाले अष्ट्रेलियाका सबै राज्यहरुमा रहेका समितीहरु मार्फत पनि सहयोग संकलन शुरु गरेको छ । उनको उपचारका संकलित रकम आवश्यक्ता भए तत्काल पठाईने नत्र अहिले अष्ट्रेलिया भ्रमणमा रहेका गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्य मार्फत कलाकार क्षेत्रीलाई हस्तान्तरण गरिने इनासका अध्यक्ष ईश्वर पोखरेल अविरलले जानकारी दिए । पोखरेलले संकलित रकमको पारदर्शिताको लागि सहयोग गर्ने सबैको नाम सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिरहिएको समेत बताए ।

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार क्षेत्रीले केही दिनअघि मार्मिक भिडियो सार्वजनिक गर्दै आफ्नो उपचारमा सरकारले वेवास्ता गरेको गुनासो गर्दै सहयोगका लागि सबैसँग आग्रह गरेका थिए ।



 
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner