Wednesday, April 19, 2017
Browse » Home » » मुसलमान देश इन्डोनेसियाको रुपियामा गणेश भगवानको चित्र किन ?
मुसलमान देश इन्डोनेसियाको रुपियामा गणेश भगवानको चित्र किन ?
vijay g.m | 7:17 PM |
एजेन्सी । संसारमा सबभन्दा धेरै मुसलमान जनसंख्या भएको देश इन्डोनेसियाको रुपियामा भगवान् गणेशको चित्र राखिएको छ भन्दा तपाईँलाई आश्चर्य लाग्ला । तर ८० प्रतिशतभन्दा बढी मुसलमान भएको देशमा अझै पनि हिन्दु संस्कृतिलाई अनुसरण गरिन्छ । त्यही क्रममा इन्डोनेसियाको २० हजार रुपियाको नोटमा भगवान् गणेशको चित्र अंकित छ ।
वास्तवमा भगवान् गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ ।
हुन त त्यो नोटमा हजर देवान्त्राको चित्र पनि अंकित छ । देवान्त्रा इन्डोनेसियाका स्वतन्त्रता संग्रामका नायक हुन्, त्यसैले उनको सम्मान गर्दै चित्र अंकित गरिएको हो । इन्डोनेसियामा भगवान् गणेशका अलावा अन्य धेरै देवताको पूजा गरिन्छ । प्राचीनकालमा हिन्दु शासकहरूले राज्य गरेका हुनाले यहाँ हिन्दु संस्कृतिको छाप रहिरहेको हो ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment