राजधानी प्योङयाङमा बेग्लै रौनक देखिन्थ्यो । रंगिविरंगी कपडा लगाएका मान्छेहरुको भीड उत्तर कोरियाको सडकमा देखियो । उनीहरु हर्षित अनुहार बनाएर सडकमा हिडिरकेका थिए । देशमा सार्वजनिक बिदा दिइएको छ । सबै मिलीजुली उल्लास मनाइरहेको देखिन्थ्यो । गाडीमा पुरुष र महिला सैनिकहरु सवार भइरहेका थिए । पुषरु सैनिकहरु गाना गाईरहेका थिए भने महिला सैनिकहरु हाँस्दै सडकमा हिडिरहेका व्यक्तिहरुसँग हात मिलाउँदै गरेको दृश्य देखिन्थ्यो ।अमेरिकासँगका विवादका कारण चर्चामा रहेको उत्तर कोरियाको यो उत्सवलाई विश्वभरका थुप्रै मिडियाले महत्वका साथ स्थान दिएका छन् । उत्तर कोरियाले आफ्ना नेताको जन्मोत्सव समारोहको मौका पारेर संसारलाई आफ्नो सैन्य ताकत प्रदर्शन गरेको भनी अन्राष्ट्रिय मिडियाले चर्चा गरेका छन् ।सैन्य परेड सहित भव्य रुपमा मनाइएको समारोहमा सैन्य अधिकारीहरुले अमेरिकालाई आफ्नो देशमाथि आक्रमण गर्ने गल्ती नगर्न चेतावनी समेत दिए । उत्तर कोरियाका सैन्य अधिकारी चोन हायोग रायोङ ही ले अमेरिकाले आक्रमण गरेमा आफ्नै तरिकाले त्यसको जवाफ दिन तयार रहेको बताए ।सन १९४८ सेप्टेम्बरमा तत्कालीन कम्यूनिष्ट नेता किम इल सुङलाई अत्याधिक जनमतबाट कारियाको राष्ट्रपतिमा निर्वाचित गरिएको थियो । ठूलो जनमतको विरोध हुँदा-हुँदै अमेरिकाले अमेरिकामा निर्वासित बनेका सिंगमन हिलाई कोरिया ल्याएर आफू अनुकूलको राष्ट्रपति बनाएपछि त्यसबाट असन्तुष्ट कोरियनहरुले अर्को निर्वाचन गरी उत्तर कोरियाको रुपमा छुट्टै राज्य स्थापना गरी किम इल सुङलाई राष्ट्रपति बनाइएको थियो । त्यसपछि निरन्तर उत्तर कोरियाका राष्ट्रपति बनेका इलको निधन सन १९९४ मा ८२ बर्षको उमेरमा भएको थियो ।
अमेरिकाले आक्रमण गर्ने हल्लाले सुरक्षा सतर्कतामा रहेको उत्तर कोरियाले शनिबार उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सव भव्य रुपमा मनाएको छ । उत्तर कोरियाका वर्तमान राष्ट्रपति किम जोन, 'किम इल सुङका नाती हुन । सुङको जन्मोत्सवलाई उत्तर कोरियामा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । नेता सुङको १०५ औं जनन्मोत्सवमा हजारौंको सङ्ख्यामा उत्तर कोरियाली सेनाहरु समारोहमा मार्चपास गरिरहेको देखिन्छ ।
Saturday, April 15, 2017
Browse » Home » » उत्तर कोरियाले संसारलार्इ यसरी देखायो सैन्य ताकत (हेर्दा सानो देश तर शक्ति हेर्नुस त)
उत्तर कोरियाले संसारलार्इ यसरी देखायो सैन्य ताकत (हेर्दा सानो देश तर शक्ति हेर्नुस त)
vijay g.m | 3:09 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment