Friday, April 21, 2017
Browse » Home » » पृथ्वीमा पहिलो जीव कसरी उत्पति भयो ? जीवनकाे प्रादुर्भाव सम्बन्धि रोचक तथ्य
पृथ्वीमा पहिलो जीव कसरी उत्पति भयो ? जीवनकाे प्रादुर्भाव सम्बन्धि रोचक तथ्य
vijay g.m | 9:12 PM |
मानिसको स्मृति तथा परम्पराबाट ज्ञानलाई व्यवस्थित गर्ने प्रक्रियाको आरम्भ हुनभन्दा पूर्व कालमा जीवनको विषयमा हामीसँग जुनसुकै ज्ञान उपलब्ध छ त्यो अधिकांशतः परिवर्तित चट्टानहरुमा जीवहरुद्धारा छोडिएका चिन्हहरु त्था जीवावशेषहरुबाट प्राप्त गरिन्छ । चट्टानहरु, सलेटी पत्थर (ढुङ्गा) हरु, चुनढुङ्गाहरु, वा बालुवा पथ्थरहरुमा हामीलाई प्रागऐतिहासिक जल –बहावहरुको तरंग–चिन्हहरु तथा प्रागऐतिहासिक जलवृष्टिबाट बनेको गड्ढा सँगसँगै जीवहरुको हाडहरु, सीपहरु र कछुवाहरुको खोल, रेशा, वृक्षका जरा काण्ड र फल, पदचिन्ह र स्क्र्याच भएको निसान तथा यस प्रकारका अन्य चीजहरु सुरक्षित दस्तावेजहरुको अध्यावसायपूर्वक परीक्षण गरेपछि मात्र टुक्रा टुक्रा गरी तयार गरिएको हो । यो कुरा त आज सर्वविदीत । कमजोर चट्टानहरु धेरै स्पष्टतासँग स्तरमाथि स्तर गरी प्राप्त हुँदैन, यी खुम्चेका, झुकेका, एक अर्कोमा धसिएका र टुटेफुटेका तथा आपसमा यस्ता मिश्रित हुन्छन् जस्तो की पटक पटक लुटिएका तथा जलाईएका कुनै पुस्तकालयका पुस्तकहरुको पाना अस्तव्यस्त अवस्थामा परेका हुन्छन् । आजीवन समर्पित प्रयासहरुपछि मात्र यिनलार्य क्रमबाट व्यवस्थि तगर्न तथा पढ्न सकिन्छ । भू–गर्वशास्त्री प्राचीनतम् चट्टानहरुलाई जन्तुविहीन चटटनहरु भन्दछन् । किनकी यी चट्टानहरुमा जीवनहरुको कुनै संकेत हुँदैन । उत्तरी अमेरिकामा यी जन्तुबिहीन चट्टानहरुको धेरै ठूलो क्षेत्र यस्तो रहेको छ की जसको अध्ययन अहिलेसम्म गरिएको छैन तथा यी चट्टानहरुको मोटाई यति छ की भू–गर्वशास्त्री यो मान्दछन् की ती चट्टानहरुले भू–गर्वीय रेकर्डको आधारको प्रतिनिधित्व गर्दछन् । म यस गम्भीर महत्वको तथ्यलाई दोहोर्याइदिउँ कि धर्तीमा जमिन र समुन्द्रको बीचको फपरकको प्रथम पटक स्पष्ट भएको समयपछि को अन्तरालको आधारमा हामीलाई जीवहरुको अस्तित्वको कुनै पनि संकेत प्राप्त हुँदैन । प्रथम संभव जीवावशेष स्पष्ट छैन तथा अहिलेसम्म तिनलाई पूर्ण रुपले व्याख्या गरिएको छैन । तर, क्रमशः जसरी जसरी हामीले पछिका रेकर्डहरुतर्फ बढ्दछौं, त्यसरी–त्यसरी अतीतको जीवहरुको संकेत प्रचुर मात्रामा उपलब्ध हुन्छन् तथा ती धेरै सुवोधगम्य पनि हुन्छन् । विश्व–इतिहासको त्यस युगको विषयमा स्पष्टतः विस्तृत एवम् व्यापक ज्ञान उपलब्ध छ, भू–गर्भशास्त्री निम्न पुराजैविकको नामले सम्बोधित गर्दछन् । यस युगको अश्मिभूत समुन्द्री उपत्यकाहरुमा साना सीपिहरुको खोल, वनस्पतिहरुको काण्ड र फूलको जस्तै माथिल्लो भाग, समुन्द्री शैलाव, समुन्द्री किराहरु एवम् पर्पटी (एक किसिमको औषधीय बनस्पति) हरुको पदचिन्ह आदि विविध प्रकारका अवशेष प्राप्त हुन्छन् । सर्वप्रथम वनस्पति जुम्राजस्तै जीव देखा पर्दछ । यस्तो घस्रिने जीव जसले स्वयम्लाई लपेटी एक बेलुनसमान बनाउन सक्दथे, जस्तो वनस्पति जुम्रा गर्दछन्; यिनलाई ट्रिलोबाइट भनिन्छ । यसको कैयौं लाख वर्षपछि समुन्द्री बिच्छुहरुको आगमन हुन्छ जुन आफ्नो पूर्ववर्ती समस्त जीवहरुको तुलनामा अत्यन्तै गतिशिल र शक्तिशाली थिए ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment