Saturday, April 15, 2017

दिल्ली-चण्डीगढ रुटमा प्रतिघन्टा २०० किलोमिटरको रेल

vijay g.m | 6:55 PM |
नयाँ दिल्ली । दिल्ली-आगरा कोरिडोरमा १६० किलोमिटर प्रतिघण्टाको रेल सेवा सफल भएपछि भारत सरकारले दिल्ली-चण्डीगढ रुटमा प्रतिघन्टा दुई सय किलोमिटरको गतिमा दौडिने रेल चलाउने भएको छ । फ्रान्सको सहयोगमा भारत सरकारले दिल्ली-चण्डीगढ मार्गमा रेलको गति कम्तिमा पनि प्रतिघण्टा दुई सय किलोमिटर पुर्‍याउने तयारी थालेको हो।

यसका कारण अहिले खर्च भइरहेको लामो समय पनि बचत हुने भएको छ। दिल्ली-चण्डीगढ मार्ग २४५ किलोमिटर लामो कोरिडोर हो। जुन उत्तर भारतको सबैभन्दा व्यस्त मार्गमध्ये एक हो । यस मार्गलाई रेल्वेको तर्फबाट शुरू गरिएको पहिलो अर्ध उच्चगति परियोजनाका लागि छानिएको छ । यस मार्गमा २०० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा रेल चलाइने भएको छ।

रेल्वेले ६ हजार ४ सय किलोमिटरको उच्च प्राथमिकतावाला नौ यात्री कोरिडोरको पहिचान गरेको छ। जसमा दिल्ली(आगरा, दिल्ली(चण्डीगढ मार्ग पनि सामेल छन् । यी मार्गमा उच्च गतिको रेल सेवा चलाउनका लागि स्तरोन्नति गरिने भएको छ ।

दिल्ली-कानपुर, नागपुर-बिलासपुर, मैसुर-बेङ्गलूरू-चेन्नई, मुम्बई-गोवा, मुम्बई-अहमदाबाद, चेन्‍नई-हैदराबाद र नागपुर-सिङ्कदराबाद मार्गमा पनि यात्री रेलको गति बढाएर १६०-२०० किलोमिटर प्रतिघन्टा गर्नका लागि प्रक्रिया अघि बढाइएको छ।

फ्रान्सेली रेल्वे एसएनसीएफ २४५ किलोमिटर लामो चण्डीगढ मार्गसहित अर्ध उच्चगति परियोजनाका लागि अनुमानित लागत, यसलाई लागू गर्ने मोडल र कार्यान्वयन रणनीति पेश भारत सरकारमा पेश गर्ने भएको छ। परियोजनासँग जोडिएका रेल्वेका वरिष्ठ अधिकारीलाई उधृत गर्दै आजतकले जनाएअनुसार फ्रान्सको टोलीले यो परियोजना निर्माणको अन्तिम रिपोर्ट अक्टोबरसम्म दिने भएको छ। आजको कारोबार दैनिकले खबर छापेको छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner