Wednesday, April 19, 2017
Browse » Home » » काठमाडौँबाट कांकडभिट्टा जाँदै गरेको बस गोलबजारमा दुर्घटना, चालकको मृत्यु, केही घाईते
काठमाडौँबाट कांकडभिट्टा जाँदै गरेको बस गोलबजारमा दुर्घटना, चालकको मृत्यु, केही घाईते
vijay g.m | 7:23 AM |
लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नम्बरको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिँदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट यात्रु लिएर कांकडभिट्टा आ
उँदै गरेको ना६ख ४९७७ नम्बरको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिँदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment