डुम्रे (तनहुँ) । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन् ।
दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले मधेसवादी दलहरुसँग अन्तिम समयसम्म छलफल जारी राख्नुपर्नेमा जोड दिए ।
“स्थानीय तहको निर्वाचन सम्पन्न भए प्रजातान्त्रिक समाजवाद मजबुत हुन्छ, संविधान कार्यान्वयनमा समेत बल पुग्छ,” उनले भने । स्थानीय तहको निर्वाचनले अल्पसङ्ख्यकलगायत सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने पौडेलको भनाइ थियो ।
दुरा समाजका राष्ट्रिय अध्यक्ष गोकुलप्रसाद दुराको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, सांसद यज्ञबहादुर थापा, पूर्वसांसद सावित्री दुरा, समाजका केन्द्रीय सचिव दलबहादुर दुरालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस
Saturday, April 15, 2017
Browse » Home » » मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : वरिष्ठ नेता पौडेल
मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : वरिष्ठ नेता पौडेल
vijay g.m | 9:32 AM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment