काठमाडौं, वैशाख १२ । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् ।
तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक ‘निक अब्राहिम’ भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा ‘नमस्टे’ भने । कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे ।
Click Here For Trending News
Sea Lion Sits Down At Table Of Restaurant
This Man Looks Like Superman
Sponsored by Revcontent
काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका–८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बसेका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन् । त्यो नाम आफैं सुनाए, ‘मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ ।’
गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र स्वास्थ्यचौकी बनाइसकेका छन् ।
यसरी नेपाल आए
‘आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्यौं,’ घर छाड्दाको अवस्था सम्झिँदै निक भन्छन्, ‘त्यसपछि म सहर पसेंँ, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें ।’
बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो । ‘त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम अमेजिङ छन्,’ निक भन्छन्, ‘नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे ।’
निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ । एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो । सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए । ‘त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें,’ निक भन्छन्, ‘सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो ।’
निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे । तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए ।
निकले जति काम गरेका छन्, सबै निस्वार्थ छन् । ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो ।
को हुन् निक !
निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिएका हुन् । उनका पिता कृषि पेसामा सक्रिय थिए । गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो । निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्यो । ‘मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें,’ निक भन्छन्, ‘मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ । ठुल्ठूला घर बनाउनु मेरो रहर हो ।’
नेपाली संस्कृतिको सम्मान
निकलाई नेपाली संस्कृति खुब मनपर्छ । नेपाली समाजको प्रशंसा गर्दै भन्छन्, ‘यहाँ जो–कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन । हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने ।’
छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसकेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
Monday, April 24, 2017
Browse » Home » » अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर,
अस्ट्रेलियाका निक अब्राहिम भूकम्पपछि नेपाल आएर यसरी बने निकलेसबहादुर,
vijay g.m | 9:35 PM |
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment