Wednesday, April 19, 2017
Browse » Home » » डोल्पामा जीप खस्दा चार जनाको मृत्यु, दुई घाइते
डोल्पामा जीप खस्दा चार जनाको मृत्यु, दुई घाइते
vijay g.m | 6:17 AM |
डोल्पामा जीप खस्दा चार जनाको मृत्यु, दुई घाइते डोल्पाको ठूलो भेरी नगरपालिका– ९ भित्रीबाट सदरमुकामतर्फ आउँदै गरेको भे १ च ११५१ नम्बरको जीप पातिहाल्ना भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते भएको छन्। घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। जीप सडकबाट १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोल्पा जनाएको छ। दुर्घटनामा परी ठूलो भेरी नगरपालिका ९ का वर्ष १६ का लोकचन शाही, दैलेख घर भई हाल कालागौडा बस्ने वर्ष २५ का वुद्धसिंह कठायत, ठूलोभेरी नगरपालिका ४ वर्ष १६ का सोनी रोकाया र त्रिपुरासुन्दरी ४ वर्ष ६० का धर्मलाल बुढाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पा जनाएको छ। दुर्घटनामा परी घाइते भएका ठूलो भेरी नगरपालिका माजफाल बस्ने बर्ष २२ का पन्च बुढा र सल्यान कालागाउँ ४ बर्ष ३५ का केशर आर्चायको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment