Sunday, April 23, 2017

आजको राशिफल – वि.सं. २०७४ साल वैशाख ११ गते। सोमबार। इश्वी सन् २०१७ अप्रिल २४ तारिख।

vijay g.m | 8:29 PM |


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अर्थअभावले काम दोहोर्याउनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने समस्याले खर्च गराए पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा नै हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामान्य फाइदा भए पनि आयआर्जनमा लक्ष्य प्राप्त गर्न नसकिएला। विशेष उपायले पनि न्यून लाभ मात्र दिलाउनेछ। सरसापटमा खर्च हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्। चिताएको काम सजिलै सम्पादन नहुन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विशेष काममा जग बसाउने अवसर जुट्नेछ। तर व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ। केही असहज परिस्थिति समेत सामना गर्नुपर्ला। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। तथापि मिहिनेत गर्दा कर्मफल प्राप्त हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनेछन् भने सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ला। अर्थ अभावले योजना स्थगित हुन सक्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। फाइदाका लागि योजना गोप्य राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

पहिलेका समस्या दोहोरिन सक्छन्। काम बिग्रने भयले सताउन सक्छ। सामान्य घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै सम्पादन हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरू पछि हट्नाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तापनि लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। अरूको सहयोगभन्दा आफ्नै प्रयासले लाभ मिल्न सक्छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा समेत विवाद बढ्ने सम्भावना छ। व्यापारमा लाभांश कममात्र प्राप्त हुनेछ। विगतको श्रमबाट भने लाभ हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धनलाभ हुने समय छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner