Wednesday, April 19, 2017

अमेरिकी वैज्ञानिकले भेटाए रामायणकालको पाताल लोक !

vijay g.m | 7:25 PM |
एजेन्सी, अमेरिकी वैज्ञानिकहरुले रामायण कालको पाताल लोक भेटाएको दाबी गरेका छन्।

रामायणका अनुसार हनुमानजीले यहीबाट भगवान राम-लक्षमणको पातालपुरीका राजा अहिरावणको चंगुलबाट मुक्त गराएको ठाउँ भएको वैज्ञानिकहरुले दाबी गरेका हुन्। यो स्थानमा मध्य अमेरिकी महाद्वीपमा पूर्वोत्तर होडुरासको जंगलको तल पर्ने उनीहरुले बताएका छन्।

वैज्ञानिकहरुले ने लाइडरको उक्त स्थानको तीन तस्बिर तयार गरेका छन्।जसमा जमिनको गहिराईमा गएको जस्तो हतियार लिएको बाँदर देवताको मूर्ति भएको पुष्टि गरेको छ।

अमेरिकी म्यागेजिन डेली टाइम्स गजटका अनुसार यो शहरको पहिलो जानकारी अमेरिकी खोजकर्ता थिन्योडोर मोर्डले सन् १९४०मा दिएका थिए। उसले प्राचीन शहरमा बाँदर देवताको पूजा अर्जना समेत गरेको समेत उल्लेख गरिएको छ। त्यसपछि रहस्मयी तरिकाले थियोडोरको मृत्यु भएको थियो र यसको रहस्य गुमनाम रहेको थियो।

करीब ७० वर्षपछि अमेरिकाको ह्यूस्टन यूनिवर्सिटी नेशनल सेन्टर फर एयरबोर्न लेजर म्यापिङका वैज्ञानिक ने होंडुरासले घना जंगलमा
मस्किटिया नामक स्थानमा लाइडर नामक टेशनिकले जमिनको मुनि थ्री डी म्यापिङ गरेका थिए। जसबाट प्राचीन शहरको सभ्यता पत्ता लागेको थियो।

थ्री डी तस्बिरमा जमिनको मुनि गहिराईमा मानव निर्मित कयौ वस्तु देखिएको थियो। यसमा हातमा गदा जस्तो हान्‍ने हतियार लिएको बाँदरकोको मूर्ति देखिएको छ।

होन्डुरसको जंगलमा उत्खनन गर्न प्रतिबन्धका कारण यस स्थानको वास्तविक स्थिति पत्ता लगाउन निक्कै मुस्किर भइरहेको वैज्ञानिकहरुले बताएका छन्। त्यहाँको सरकारले यसको उक्त ठाउँ उत्तखनन् गर्नुका सबै जानकारी जुटाउनको लागि वैज्ञानिकहरुलाई आदेश समेत दिएको छ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner