Sunday, April 16, 2017

बाढी पहिरोमा परी १४ जनाको मृत्यु, ३७ जना बेपत्ता हेर्नुहोस दुखान्त खबर कहिले सम्म हो यसरि गरिब दुखीको नै सर्ब नास

vijay g.m | 7:30 PM |
तेहरान । इरानको उत्तर पश्चिम क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना बेपत्ता भएका छन् । पूर्वी अजरबैजान प्रदेशमा शुक्रबार सुरु भएको भीषण वर्षापछि आएको बाढी पहिरोले घर तथा कारहरु बगाएको दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।
अजाब्शीर जिल्लाका प्रमुख अधिकारीले सरकारी समाचार संस्था इर्नालाई दिएको जानकारीअनुसार खोजी तथा उद्धार टोलीले नौ जना पुरुष र तीन जना महिलाको शव भेट्टाएको छ । त्यसैगरी सरकारी टेलिभिजनले दुई जना व्यक्तिको अजरशहर नजिकै मृत्यु भएको जनाएको छ । उसले अरु ३७ जना व्यक्ति अझै पनि बेपत्ता रहेको र खोजीकार्य जारी रहेको जनाएको छ । रासस÷एएफपी

पुर्बेलीन्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner