Saturday, April 15, 2017

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको चेल्सीमाथि टोटनह्यामको दबाब

vijay g.m | 6:49 PM |
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४–० ले पराजित गर्दै टोटनह्याम बिजयी बनेको छ। यो जितसँगै टोटनह्यामले शीर्ष स्थानको चेल्सीमाथिको दबाब कायम राखेको हो।
शीर्ष प्रतियोगितामा सन् १९६७ पछिको टोटनह्यामको लगातार पहिलो सातौं जित हो। टोटनह्यामको जितमा मोसा डेम्बेले, सन हेङ–मिन, ह्यारी केन र विन्सेन्ट ज्यानसेनले एक एक गोल गरे।

१६ औं मिनेटमा डेम्बे तथा १९ औं मिनेटमा सन हेङले गरेको गोलले पहिलो हाफमा टोटनह्यामले २–० को अग्रता लियो। ४८ औं मिनेटमा केन तथा इन्जुरी समयमा ज्यानसेनले गोल गर्दै टोटनह्यामलाई ४–० ले बिजयी बनाए।

जितपछि दोस्रो स्थानको टोटनह्यामको ३२ खेलबाट ७१ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सी चार अंकले अघि छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner