Wednesday, April 26, 2017

अब हस्तमैथुन धेरै नगर्नुस डर लाग्दा असरहरु यस्तो छ |कतिपटक गर्यो भने ठिक ? पढ्नुहोस

vijay g.m | 10:16 AM |
विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ । यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब र पसिना पनि रगत बाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो । कतिपय मानिसहरुमा के विश्वास छ भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ । आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही यो यो धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । विर्य बन्ने क्रम मा रगत आफैं सिधै विर्य बन्ने होइन । जसरि थुक मा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थ हरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रम मा रगत नस्ट हुदैन । विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरु मा यस्तो विश्वास ब्याप्त पाइन्छ । एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन । आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन । बिर्यमा हुने शुक्रकिट को आयु २-३ महिना हुन्छ र यदि शरीर बाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्य को मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैं लिङ्ग बाट बाहिर आउनसक्छ । यो अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउछ, न त स्वप्नदोस नै शरीरको लागि हानिकारक हो । यदि विर्य शरीर बाट ज्यादा निस्कदा तागत कम हुने भएको भए शायद कोहि पनि बिहे भएको मान्छे कामकाज गर्न सक्दैनथे होलान । किनभने सबै भन्दा धेरै विर्य सेक्स को समय मा शरीर बाहिर निस्कन्छ । हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक छ, हस्तमैथुन ले शरीरमा कमजोरी ल्याउछ पत्रिकाहरुमा सेक्स डाक्टरका नाममा आउने बिज्ञापनहरु, उत्तर भारतमा रेलबाट यात्रा गर्दा आसपासका भित्ताहरुमा लेखिएका सेक्स समस्या र समाधानका बिज्ञापनहरु हेरेर कैलेकाहि मानिसहरुमा के भ्रम पर्छ भने बचपन र युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साच्चै नै गम्भीर असरहरु पर्छ । कतिपय सेक्स डाक्टरहरु त हस्तमैथुन एबम स्वप्नदोसको सफल उपचार गरिन्छ भनेर आफुलाई सेक्स बिशेसज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ । माथि नै भनिसकिएको छ, शरीर बाट विर्य बाहिर जादा त्यसको कुनै दुर्प्रभाव हुदैन । यसर्थ हस्तमैथुन बाट डराउनुपर्ने कारण पनि छैन । हस्तमैथुन एउटा कुलत हो हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडीका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन । हस्तमैथुन ले नपुंशक बनाउन सक्छ, हस्तमैथुनले सेक्सको क्षमतामा कमि ल्याउछ अगाडिनै भनिएजस्तो विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछी धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आबस्यकता अनुसार नियमित रुपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन । केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ । हस्तमैथुनका फाइदा पनि छन्? बिहे हुनु भन्दा अगाडी वा स्थाई यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो । यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग ( जस्तै HIV) सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तिको आरोप नै सुन्नु पर्छ । यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ हस्तमैथुन कुना बेला हानिकारक ? आफैमा नराम्रो नभएपनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुन मा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नी संगको सम्बध बिग्रने हुन सक्छ । साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दको लागि नभई मनमा बार बार आउने अनचाहे विचारलाइ कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ जसलाई Compulsive Masturbation भनिन्छ। तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुने समस्या हुन् । कतिपटक गर्यो भने ठिक ? यो हरेक मान्छेको आफ्नो आफ्नो इच्छामा भर पर्छ । तर हस्तमैथुन पछी आत्मबिस्वास गुमाउने, आफुलाई नराम्रो ठान्ने, डराउने जस्तो कुरा चाही हुनुहुदैन । आफ्नो यौन इच्छाहरु पुरा गर्नको लागि गरिएमा यो एउटा स्वस्थ र नर्मल शारीरिक प्रकृया हो ।
Share this article

3 comments:

  1. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  2. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  3. आफ्नो वित्तीय चिन्ता समाप्त गर्नुहोस्
    हामी ऋण मान्यता प्राप्त कम्पनी हो। हामी व्यक्तिहरूलाई ऋणको प्रस्ताव गर्दछौं
    2% को कम ब्याज दर, हामी व्यक्तिगत ऋण, व्यापार ऋण को पेशकश गर्छन,
    बंधक ऋण। अचल संपत्ति ऋण। थप जानकारीको लागि
    हामीलाई सम्पर्क गरेर हिचकिंदै छैन: (felixgeorge958@gmail.com)

    ReplyDelete

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner