Wednesday, April 19, 2017

मन्दिर जाँदा यो कुरा सँधै मनमा राख्नुस्

vijay g.m | 7:19 PM |


मन्दिरमा प्रवेश उसको हुन्छ जसले आफ्नो मन बाहिरै छोडेर जान्छ । यदि तपाइँले मन्दिरको द्वारमै मन छोड्न सक्नु भएन भने मन्दिरमा प्रवेश सम्भव नै छैन । मनलाई बोकेर मन्दिर भित्र जानु र नजानुमा खास फरक छैन ।

मन बढो जटिल हुन्छ यो हतपति नियन्त्रणमा आउँदैन । यदि तपाइँले घमण्ड छोड्नु भो भने विनम्रताले तपाइँलाई गाँज्छ । एक दिन यस्तो आउँछ कि यो पृथ्वीमा म जति विनम्र कोही छैन भन्ने अहंकार शुरु हुन्छ । घमण्ड फेरी फर्केर आएको तपाइँ चाल नै पाउनु हुन्न । एक ब्यक्ति जंगलमा बस्ने एक तपस्वी भएको ठाउँमा पुगे र भने ‘हे सन्यासी तपाइँ त भिडभाडबाट जंगलमा आएर बस्नु भएको छ । मैले सुनें कि तपाइँ शिष्य पनि बनाउनु हुन्न । तपाइँलाई शिष्य बनाउने मोह पनि छैन

। तपाइँलाई कुनै कुराको आशा र इज्जतको लोभ पनि छैन । मैले अरु सन्यासी पनि देखेको छु’ उसले अन्य २-४ सन्यासीको कुरा पनि गर्यो । ती त्यागी पुरुष थिए । उनको आँखामा चमक आयो र चेहरामा नयाँ रौनक आयो । अनि बोल्न थाले ‘तपाइँले एकदम ठिक कुरा गर्नु भो । इज्जत प्रतिष्ठा कमाउन चाहने, पदका लागि मरिमेट्ने पनि सन्यासी हुन्छ ?

मलाई हेर्नुस् म एकान्त जंगलमा बसेको छु कुनै पदको लोभ छैन इज्जत चाहिएको छैन कोही आएपनि ठिक छ नआएपनि ठिक छ । अव भने यो मान्छेको मनमा पुरानै घमण्ड आयो उसलाई लाग्न थाल्यो कि म जंगलमा बसेको छु अरु भन्दा फरक छु । मेरो कुनै इच्छा पनि छैन ।यस्तो घमण्ड सूक्ष्म हुन्छ र घुमिफिरी मान्छेमा आइ हाल्छ । यसकारण मानिसले मन्दिरमा प्रवेश गर्दा मन बाहिर राख्नु पर्छ । -ओशो वर्ल्ड फाउण्डेसनबाट साभार ग
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner