Thursday, April 13, 2017
Browse » Home » » १ लाख खर्चेर पत्नीको हत्या
१ लाख खर्चेर पत्नीको हत्या
vijay g.m | 8:27 PM |
बारा । वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ ।
सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो ।
बबिता जागिरको सिलसिलामा एक बर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।
‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ ।’ उप्रेतीले भने ।
बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment